काठमाडौँ, २७ साउन। वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले सोमबार निःशुल्क स्वास्थ्य परीक्षण तथा फलफूल वितरण गरेको छ। साउने सोमबार लाग्ने बोलबम मेला भर्न आएका भक्तजनहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै पिउने पानी, फलफूल, जुसलगायतका सामाग्री वितरण गरिएको कम्पनीले जनाएको छ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्मका विभिन्न स्थानमा उक्त कार्यक्रम गरिएको थियो। भक्तजनहरूको सहजताको लागि सेवामुखी कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। कम्पनीले लायन्स एण्ड लियो क्लब अफ काठमाडाँं चाबहिल र नेपाल–भारत मैत्री अस्पताल, मित्रपार्क, काठमाडौँसँगको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रमबाट करिब दुईहजार भक्तजनहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका कम्पनीले जनाएको छ।
सोही अवसरमा आँखा र दाँत तथा रक्तचाप सम्बन्धि रोगको जाँच गराएको थियो। यस्तै दर्शन गर्न आएका भक्तजनहरूलाई आठ स्थानबाट सेवा प्रदान गरिएको थियो। कम्पनीको बार्षिक कार्यक्रमअन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नको लागि कार्यक्रम आयोजना गरेको हो।