काठमाण्डौँ, २९ साउन। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफल भैरहँदा समिति सदस्य गिरीले भारतले सकेको खण्डमा नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले भने, ‘नेपाल–भारत सीमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम भइरहेको छ।’ बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने भन्दै सचेत बनेर समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।