कञ्चनपुर, ०२ भदौ। चुरेलगायत कञ्चनपुरमा भएको भारी वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेपछि भारतीय पक्षले महाकाली पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा पूर्णरूपमा रोक लगाएको छ।
सोमबार बिहानको पछिल्लो मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ। नदीका पानीको बहाव बढेपछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।