काठमाडौँ, १० भदौ। काम गर्न असहयोग भएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत भएको छ। साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए।
नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको छ। ‘उपयुक्त विधिबाट समस्या समाधान गरिने छ,’ महासचिव पौडेलले भने।
साहले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकै कारण रौतहटमा पार्टी एकीकरणको काम हुन नसकेको समेत आरोप लगाएका थिए। तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।