चितवन, १६ भदौ। चितवनमा दुई पुरुषको शव फेला परेको छ। सोमबार बिहान भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते अवस्थामा भेटिएका उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन।
यस्तै आइतबार कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्ते चोकमा पनि एक पुरुषको शव फेला परेको छ। सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ। दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।