काठमाडौं, २७ असोज। प्रतिनिधिसभा सदस्य मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन्।
आइतबार रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट पक्राउ परेका आलमलाई सांसद पदबाट निलम्बित गरिएको सोमबार सङ्घीय सचिवालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। आलम पक्राउ गरिएको उप–सभामुखलाई जानकारी गराइएपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ। – रासस