हेटौँडा, १६ कात्तिक। प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेल लगातार १३औँ पटक सहिद स्मारक विकास समितिको अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न १३औँ अधिवेशनले यसपटक पनि पौडेललाई नै सर्वसम्मत अध्यक्षको जिम्मा दिइएसँगै हेटौँडाको मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेको सहिद स्मारक पार्कको संरक्षक तथा व्यवस्थापकको जिम्मेवारी प्रदेश नं.३ का मुख्यमन्त्री पौडेलले सम्हाल्दैछन्।
अधिवेशनले पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ। समिति सदस्यहरुमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माइकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डङ्गोल, गोविन्द अर्याल, विश्वराज बानियाँ, विष्णुगोपाल महर्जन र नर्मदा पोखरेललाई चयन गरिएको हो।
खेमराज सापकोटाको संयोजकत्वमा लेखा समिति तथा हिमप्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समितिसमेत शनिबार नै चयन गरिएको छ। यसैगरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, विरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलकप्रसाद दुलाललाई चयन गरिएको छ।