चितवन, २७ मंसिर। रोइला भजनबाट अत्याधिक चर्चा कमाउन सफल लोक तथा दोहोरी गायक एवम् सर्जक शिरिष देवकोटा यसपटक मौलिक एकल लोकगीत ‘अञ्जुली’ लिएर आएका छन्। गायक देवकोटाले बिना बाजागाजा उक्त गीत बजारमा ल्याएका हुन् । आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त गीतले लोकप्रियता पाइरहेको छ ।
आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा आफैँले अभिनयसमेत गरेका छन्। पछिल्लो समय गीतको भिडियोमा हुने गरेको तामझामबिना नै यो गीतको भिडियो निर्माण गरेका छन्। सारंगीको साथमा गाइएको गीतको भिडियोमा गायक देवकोटालाई नृत्य निर्देशक स्मृति तिमिल्सिनाले साथ दिएकी छन्।
करिब दुई दशकदेखि नेपाली लोकगीत क्षेत्रमा योगदान दिँदै आएका गायक देवकोटाले सुरुवातदेखि नै मौलिकतालाई मूल धार मानेर गीतसंगीत प्रस्तुत गर्दै आएका छन्।
नेपाली गीतसंगीतको मर्मलाई जीवित राख्न पनि अञ्जुली गीत बजारमा ल्याएको गायक एवम् सर्जक देवकोटाको भनाइ छ। यसअघि गायक देवकोटाको ‘छोरो अमेरिका छ’ बोलको गीतले अत्याधिक चर्चा पाएको थियो।