ढाका, ०३ पुस। लामखुट्टेको टोकाइकाबाट सर्ने डेङ्गु ज्वरोका कारण यसवर्ष बङ्गलादेशमा १४१ जनाको मृत्यु भएको छ। बंगलादेशको स्वास्थ्य मन्त्रालयले बिहीबार उक्त तथ्यांक सार्वजनिक गरेको हो। सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १०८३ भएको जानकारी गराएको छ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो। निर्देशनालयले बङ्गलादेशमा यस वर्ष १४१ जनाको मृत्यु भएको र एक लाख एक हजार १४५ व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।
डेङ्गुका कारण नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति डेङ्गुको सङ्क्रमणपछि अस्पताल पुगेका थिए। गत वर्षको तुलनामा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच गुणा बढेको र सङ्क्रमण झण्डै दश गुणामा देखिएको छ। – रासस/सिन्ह्वा