चितवन, ११ पुस। एसुस कम्पनीका उत्पादन अन्य कम्पनीको तुलनामा गुणस्तरीय र महँगो पनि छ। विशेष गरी कम्प्युटर डेक्सटप, ल्यापटप, मोवाइल, ग्राफिक्स कार्ड, प्रोजेक्टर, मोनिटरलगायतका सामाग्रीको उत्पादन र बिक्री गर्दै आइरहेको छ।
नेपालमा सन् २००८ बाट बिक्री थाले पनि अन्य कम्पनीको तुलनामा उपभोक्ता मूल्य केही बढी भएकोले ग्राहकसमक्ष उचित जानकारीको अभाव महसुस गर्दै शुक्रबार कम्पनीको नेपालका लागि प्रमुख वितरक नागमणि इन्टरनेशनलका टोलीसहित चितवन आएर कम्पनीका उत्पादनबारे कम्प्युटर बिक्रेताहरूलाई प्रशिक्षित गराएको छ।
एसुसको उत्पादन गुणस्तरीय र विश्वसनीय भए पनि सेवाग्राहीलाई सही ढंगले प्रस्ट्याउन नसक्दा त्यसको असर कम्पनीले मात्र नभई स्वयम् बिक्रेताले नै भोग्दै आएकोले यसलाई सही ढंगले प्रचारप्रसार गरेर बिक्री वितरण गर्न÷गराउन चितवनका कम्प्युटर बिक्रेताहरूको भेला राखेको नागमणि इन्टरनेशनलका अमित सराफले बताए।
चितवनका ४० जना कम्प्युटर बिक्रेताहरुको सहभागीता रहेको कार्यक्रममा एसुसले उत्पादन गरेका सबै वस्तुको प्रयोगबारे जानकारी गराएको थियो। चितवनको लागि भने एसुसको आधिकारिक बिक्रेताको रुपमा सहिदचोकस्थित भुसाल इन्टरप्राइजेजले काम गर्दै आएको छ।
अन्य कम्पनीका उत्पादनको तुलनामा हरेक सेवा सुविधा राम्रो हुने हुँदा मूल्यमा पनि अन्य कम्पनीका उत्पादनको तुलनामा केही महँगो पर्ने भुसाल इन्टरप्राइजेजका सञ्चालक टेकलाल भुसालले जानकारी दिए।