इन्डोनेसिया, पुस, १७ ।
इन्डोनेसियाको राजधानी जकार्तामा बाढीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ। पछिल्लो २४ वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको हो।
जकार्ताको पूर्वी क्षेत्रमा रहेको विमानस्थलमा रहेको मौसम, जलवायु तथा जिओफिजिक्स एजेन्सी ९बिएमकेजी० ले एकै दिनमा ३७७ मिलिलिटर वर्षा भएको जनाएको छ। सन् १९९६ यता एक दिनमा भएको यो सबैभन्दा ठूलो वर्षा हो।
नयाँ वर्षको सुरुमा भएको वर्षा सामान्य नरहेको एजेन्सीले जनाएको छ। पूर्वी जकार्ताका अधिकांश क्षेत्रमा ३३५ मिलिलिटर भन्दा बढी वर्षा भएको छ। यस्तै बेकासी क्षेत्रमा २५९ मिलिलिटर वर्षा भएको छ।
वर्षाका कारण पहिरो पनि गएको छ। इन्डोनेसियामा सन् २०१३ मा वर्षापछिको बाढीका कारण ४७ जनाको ज्यान गएको थियो। एजेन्सी