काठमाडौं, पुष १७ । लिगको पुछारमा रहेका टिम हुन्, सरस्वती युथ र विभागीय एपीएफ। कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल चलिरहँदा सरस्वती लिग तालिकाको पुछारमा छ। एपीएफ १२ औं स्थानमा रहेको छ ।
तीन खेल सकिदाँ सरस्वतीले अंक जोड्न सकेको छैन। अंक मात्र हैन, उसले प्रतियोगितामा एक गोल पनि गर्न सकेको छैन। तर ७ गोल ब्यहोरेको छ। एपीएफ भने एक अंक बटुल्दै लिगको १२ औं स्थानमा छ।
खराब लयबाट गुज्रिरहेका दुवै टिम लिगको चौथो खेलमा बिहिबार भिड्दैछन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।