पुस १७ । ताइवनमा सैनिक हेलिकोप्टरको आकस्मिक अवतरणपछि त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ बिहीबार बिहान बेपत्ता भएका हुन्।
प्रधानसेनापति मिङ हेलिकौपटर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकसँग भेट गर्न गएका थिए। वायु सेनाको ब्ल्याक हक हेलिकोप्टरमा प्रधान सेनापति मिङसहित १३ जना सवार थिए।
हेलिकोप्टरमा प्रधानसेनापति मिङसहित राजनीति तथा युद्ध विभागका उपनिर्देशक यु ची वेन र जिआङ्ग यायु मिन सवार रहेका जनाइएको छ। हेलिकोप्टरमा सवार अन्य केहीको जीवितै उद्दार गरिएको भएपनि प्रधानसेनापतिसहित ३ जना भने अझै बेपत्ता रहेका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ।