पुस १५ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता एवं भारतका पूर्वसांसद डीपी त्रिपाठीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका त्रिपाठीको बिहीबार ६७ वर्षको उमेरमा निधन भएको हो।
सन् १९५२ नोभेम्बर २९ मा उत्तर प्रदेशको सुल्तानपुरमा त्रिपाठीको जन्म भएको थियो। उनी विद्यार्थी राजनीतिमा हुँदा जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षसमेत भएका थिए।
भारतीय राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका त्रिपाठी मतभेदका कारण उक्त पार्टी छोडेर एनसीपीमा आवद्ध भएका थिए। त्रिपाठी सन् २०१२ को अप्रिलमा राज्यसभाका लागि निर्वाचित भएका थिए। उनी राजनीतिसँग लेखनमा समेत सक्रिय थिए।