पुस १८ । इरानको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी हवाई आक्रमणमा मारिएका छन्। जनरल कासिम सोलेमानी बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन्। अमेरिकी सेनाले यो हवाई हमला गरेको समाचारहरुमा उल्लेख छ। इरानको कुद्स फोर्सले पनि अमेरिकी हेलिकप्टरले आक्रमण गरेको आरोप लगाएर जनरल सोलेमानीको मृत्यु भएको पुष्टि गरेको छ।
सन् १९९८ देखि मेजर जनरल कासेम सोलेमानीले इरानको कुद्स फोर्सको नेतृत्व लिएका थिए। उनले सिरियाली गृहयुद्धमा बशर अल–असादको इरानी समर्थित सरकार र इराकमा इस्लामिक स्टेट ९आईएस० समूहकाविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका थिए।
जनरल सोलेमानी इरानी शासन प्रणालीमा अत्यन्त महत्वपूर्ण व्यक्तित्व मानिन्छन्। एजेन्सी