नेपालगञ्ज, पुस १८ । बाँकेमा चट्याङ लाग्दा पाँच जना घाइते भएका छन्। चट्याङले एउटा बंगुर मरेको छ। नेपालगञ्ज–१३ का गुरुदिन खटिकको घरमा चट्याङ परेको हो।
बिहान पौने सात बजे चट्याङ पर्दा रामसुप खटिक, राधिकराम खटिक, शुगी खटिक र खुशीराम खटिक घाइते भएका छन्। खुशी कोहलपुर निवासी हुन्। उनी गुरुदिनको घरमा पाहुना आएका थिए।
घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेको छ। घरमाथि चट्याङ परेको र त्यसको झिल्कोले उनीहरु घाइते भएका थिए। चट्याङले गुरुदिनको एउटा बंगुर मरेको छ ।