काठमाडौं, पुस १८ । त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सुन सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। २ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन्। पक्राउ परेकामध्ये मोहम्म काशिफको साथबाट ७ सय ३८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनी नेपाल एयरलाइन्सको उडानबाट युएईको दुबईबाट नेपाल आएका थिए।
यस्तै, इन्डिगो एयरको विमानमार्फत भारतको दिल्लीबाट आएका मोद मुशर्फिनको साथबा २ सय ६८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।