काठमाण्डौं, पुस १८ । एटिएम मेसिनबाट अब एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न सकिने भएको छ। चिनियाँ नागरिकले ह्याक गरेपछि एटिएमबाट रकम निकाल्न मिल्ने रकममा कमी गरि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरिएको थियो। तर, नेपाल राष्ट्र बैंकले पुरानै व्यवस्था खारेज गरी एक दिनमा एक लाखसम्म निकाल्न मिल्ने पुरानै व्यवस्था कायम गरेको छ।
अबको व्यवस्थाअनुसार एटिएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ। यसअघि प्रतिकारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो।