चितवन, पुस १८। नेपाल ह्याचरी उद्योग संघले प्रदेश नं. ३ को कार्यसमिति गठन गरेको छ। शुक्रबार भरतपुरमा भएको पहिलो साधारण सभा तथा अधिवेशनबाट ज्ञानबहादुर बिसुरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो।
निर्विरोध गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराम उप्रेतीलाई चयन गरिएको छ। आगामी दुई वर्षको लागि चयन गरेको कार्यसमिति सदस्यहरूमा भने पुरू खनाल, घनश्याम पौडेल, हरिकृष्ण खनाल, दीपेश ढकाल, सञ्जिव बिसी, ओमप्रकाश कार्की र बिजय देसार चयन भएका छन्।
१८ वर्षअगिाडि नेपाल ह्याचरी उद्योग संघ चितवन जिल्ला शाखाको रूपमा गठन भएको संस्थालाई शुक्रबार १८औँ वार्षिक साधारण सभा आयोजना गरेर आधिकारिक विघटन गरी संघीय संरचनाअनुसार प्रदेश समिति गठन गरिएको हो।