चितवन, पुस १८। नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले सातौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा बिहीबार अण्डा वितरण गरेको छ। अण्डाको मह¤वबारे जानकारी गराउँदै भरतपुर अस्पताल, क्यान्सर अस्पताल, हाम्रो घर र रत्ननगरस्थित गामबेँसीको चेपाङ केन्द्रमा गरी करिब पाँच हजार अण्डा वितरण गरिएको हो।
वितरण कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अण्डामा हुने प्रोटिन जस्तोसुकै बिरामीले पनि खान मिल्ने हुँदा नियमित अण्डा खान सुझाव दिए।
‘मानव स्वास्थ्यमा चाहिने सम्पूर्ण प्रोटिन अण्डामा पाइन्छ,’ उनले भने, ‘अण्डाबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण एमिनो एसिड प्राप्त गर्न सकिन्छ।
स्वास्थ्य विज्ञका अनुसार अण्डालाई रेफ्रिजेरेसन गर्ने अथवा दुई हप्ताभित्र खपत गर्ने, उचित तापक्रममा पकाउने गर्नुपर्दछ।
सधैँ ताजा अण्डा प्रयोग गर्ने
मानिसले आफ्नो स्वास्थ्यको लागि सधैँ ताजा अण्डा प्रयोग गर्न सुझाव दिएका छन्। तर, अण्डा ताजा छ या छैन भनेर घरमै बसेर पनि परीक्षण गर्न सकिन्छ। कुनै एउटा भाँडामा पानी राखेर त्यसमा अण्डा राख्दा अण्डा डुब्यो भनेमात्रै त्यसलाई ताजा मान्न सकिने अण्डा विज्ञहरूको भनाइ छ।
महिलाको लागि गर्भवती अवस्थामा अण्डा खाँदा बच्चाको शारीरिक विकासका साथै मानसिक विकासमा पनि सहयोग पुग्छ।




