काठमाण्डौं, पुस, १८ । राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ। विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए।
दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ थियो। सत्तारुढ दल नेकपा र राजपाबीच प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने यसअघि नै सहमति भएको थियो।
राजपासँग नेकपा नजिकिएसँगै उपेन्द्र यादव सत्ताबाट बाहिरिएका थिए। प्रदेश नम्बर दुईमा चार सिट मध्ये २ राजपा र दुई नेकपाले लिने गरि सहमति भएको छ। कांग्रेस र समाजवादीबीच हुने गठवन्धनले सीटमा भने खासै प्रभाव पार्ने देखिएको छैन। तर समाजवादीले नेकपा र राजपाको भोट आफूले ल्याउन सक्ने आकल गरेको छ।