काठमाडौं, पुस १८ । प्रहरीले ज्यान मार्ने मुद्दाका फरार आरोपित एकजना गुण्डालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चरी समूहका गुण्डा राते भन्ने सुजन श्रेष्ठ रहेका छन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका श्रेष्ठलाई बिहीबार राती १० बजे ठमेलबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो।
०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए। अजय भने फरार छन्।
पक्राउ परेका रातेलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ।