विराटनगर, पुस । आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको चार दिनपछि उच्च अदालत विराटनगरले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार कैफियत प्रतिवेन भिकाउन आदेश दिएको हो। गिरीलाई सुनसरी जिल्ला अदालतले सोमबार तीन लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने गरी छाड्न आदेश दिएको थियो।
सरकारी वकिल कार्यालयले आदेशको तीन दिनपछि बिहीवार उच्च अदालतमा निवेदन दर्ता गराएको थियो ।