पुस, १९ । फ्रान्सको राजधानी पेरिस नजिकै भएको अन्धाधुन्ध चक्क प्रहारमा एकजनाको मृत्यु भएको छ। अरु दुईजना घाइते भएका छन्। आक्रमणकारी प्रहरीको गाली लागेर मारिएका छन्।
राजधानी पेरिसबाट ८ किलोमिटर दक्षिणको भिलेजुइफमा रहेको पार्कमा २२ वर्षका व्यक्तिले बटुवामाथि चक्कु प्रहार गरेका हुन्। ती आक्रमणकारीको नाम नाथन सी रहेको प्रहरीले जानकारी दिएको छ।
२२ वर्षका ती आक्रमणकारीको मानसिक स्वास्थ्यमा समस्या रहेको इतिहास पाइएको प्रहरीले जनाएको छ। मानिसक स्वास्थ्यमा समस्या देखिएर ती व्यक्ति विगतमा अस्पताल पनि भर्ना भएका थिए। उनको साथबाट केही धार्मिक सामग्री पनि फेला पारिएको तर त्यसकै आधारमा उनलाई अतिवादी भन्न नमिल्ने प्रहरीले जनाएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ट्वीटरमा एक वक्तव्य पोस्ट गरेर आक्रमणबाट प्रभावित भएकाहरुप्रति श्रद्धाञ्जली तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।