पुस १९ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ।
साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन्। रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति पौने ९ बजे खेल्दैछ।
लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति पौने २ बजे खेल्नेछ। लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ ।
यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ । अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन्।
तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ।