चितवन, पुस १९ । भरतपुर महानगरपलिका वडा न.१ नारायणी नदी किनार नारायणगढमा यही माघ ११ गते देखि फागुन ११ गते सम्म माघीमेला महामहोत्सव एंव सङ्गीतमय लीलामय अष्टोत्तरशत (१०८) श्रीमद्भागवत धन धान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ- २०७६ हुने भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को पावन अवसरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न, भरतपुर २३ जगतपुरमा रहेको श्री पशुपतिनाथ मन्दिरलाई बृहत धामको रुपमा विकास गर्न, चितवनमै पहिलोपटक आयुर्वेदिक शिक्षालय स्थापना गर्न र क्यान्सर रोगबाट पीडित बिपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले मासिक ज्ञान महायज्ञ गर्न लागिएको आयोजकले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
बिहान ४ बजेदेखि राति ११ बजे सम्म सञ्चालन हुने महायज्ञ सम्पन्न गर्न रु ३ करोड खर्च लाग्ने छ भने रु २५ करोड भन्दा बढी आम्दानी हुने आयोजकले अनुमान गरेको छ। साथै यही माघ ४ गते महायज्ञको प्रचारप्रसारका लागि बिहान १० बजे मोटरसाईकल र्याली निकालिनेछ।