पुष १९ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई बिग बास लिग (बीबीएल) मा डर्बी क्लब मेलबर्न रेनेगेड्सले जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको छ।मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनायो।
रेनेगेड्सका लागि शौन मार्शले सर्वाधिक ४३ रन बनाए। यस्तै बेउ वेब्स्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन बनाए। स्टार्सका सन्दीपले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिएका हुन्।
सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भए यससँगै सन्दीपले यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन्। यस्तै एडम जाम्पा र डेल स्टेनले २/२ विकेट लिए।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। ५ खेलमा ४ जित हात पारेको मेलबर्न ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ। एजेन्सी