चितवन, पुस १९ । संस्थाको विधानअनुसार चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन्। संघको २८औैं वार्षिक साधारणसभा तथा १५औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
आगामी कार्यकालको लागि सर्वसम्मत चयन भएको कार्यसमितिमा ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एक एक जना एसोसियट्स, वस्तुगत, गोल्डेन र प्रिमियम सदस्य, ५ जना इकाई सदस्य, महिला उद्यमी र युवा उद्यमीबाट एकरएक सदस्य गरी २७ सदस्सीय कार्यसमिति चयन गरिएको छ।
६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज वस्ती छन्। दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ। त्यससंगै संघको २९ सदस्यीय कार्यसमिति चयन गरिने छ।