काठमाण्डौं, पुस २० । समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
समाजवादीले प्रदेश १, २ र पाँचमा गरेर ६ जना उम्मेदवार उठाउने भएको हो। प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाउने निर्णय भएको भएको समाजवादीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। त्यस्तै प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनाएको छ।
समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ।