वीरगञ्ज, पुस २० । भारतीय नक्कली नोटसहित एक युवक वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २९ वर्षीय रियाज देवान रहेका छन्।
देवानलाइ शनिबार राति वीरगञ्ज बसपार्कको होटल साह प्याराडाईजबाट भारतीय २ हजार दरका ३ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।
नक्कली नोटसहित पक्राउ परेका देवानलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिँह राठौरले जानकारी दिए।