मकवापुर,पुस २० । भारतीय कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कारमा गाँजा तस्करी गर्ने २ जना नेपालीलाई पक्राउ गरेको हो।
निश्चित समयका लागि बाटो इजाजत लिएर नेपाल ल्याइएको भारतीय नम्बर प्लेट बीआर–०६–बीजी ९५१२ को कारमा २१ किलो गाँजा लुकाएर लैजाने क्रममा २ जना नेपाली पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कारका चालक धनुषाको मुख्यापट्टी गाउँपालिका–६ घर भएका ४२ वर्षीय अशोक कुमार यादव र कारमा सवार मकवानपुरको मनहरी गाउँपालिका–९ घर भएका ४० वर्षीय मोक्तान छन्।
प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न सवारी साधन प्रयोग गरी गाँजा तस्करी गर्दै आइरहेका थिए। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।