ललितपुर, पुस २०। गिजरमा नुहाउने क्रममा बेहोश भइ ललितपुरमा एक जनाको मृत्यु भएको छ। सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्साको बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ।
होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।