चितवन, पुस २० । विश्वकर्मा समुदायको हकहितको आवाजलाई बलियो बनाउने उद्देश्यसहित विश्वकर्माहरुको राष्ट्रिय भेला चितवनमा हुने भएको छ। पुस २६ गते चितवनमा आयोजना हुने भेलामा विश्वकर्मा समुदायका विभिन्न जिल्लामा दर्ता भएका ३० भन्दा बढी जिल्ला संगठनहरुको सहभागिता रहने व्यवस्थापनको जिम्मेवारी लिएको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले बताए।
भेलामा देशभरका संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने र विश्वकर्माहरुको राष्ट्रिय एकताको लागि कानुनी अडचनहरु फुकाएर जाने विषयमा भेलाले आवश्यक म्याडेड दिने समन्वय संयोजक एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपाल विश्वकर्माले बताए। भेलाले विश्वकर्माहरुको कला, संस्कृतिको संरक्षण गर्दै हकहितलाई बलियो बनाएर पेशागत विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छ।