चितवन, पुस २१ । कम्प्युटर एसोसियसन नेपाल महासंघ चितवन शाखाले आउँदो माघ महिनामा सूचना प्रविधि प्रदर्शनीको पाँचौँ संस्करण ‘प्रभु पे क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ। ‘चितवनको समृद्धि : सूचना प्रविधि’ भन्ने मूल नारासहित सूचना प्रविधि मेला आयोजना गर्न लागेको सोमबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
लायन्सचोकस्थित पुरानो तरकारी बजार भएको ठाउँमा हुन लागेको मेलामा मोबाइल, कम्प्युटर, प्रिन्टर, ल्यापटप, सफ्टवेयर, सुरक्षा सम्बन्धी सामाग्री, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदायक शैक्षिक संस्था, परामर्शदाताहरूको कक्षसहित फ्रि वाइफाइको सुविधा रहनेछ।

माघ २४ देखि २८ गतेसम्म हुने मेलामा सूचना प्रविधिसँग सम्बन्धित हरेक स्टल राख्न बुकिङ खुला गरिसकेको अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए। चितवन शाखाले यसअघि चारवटा क्यान इन्फोटेक गरिसकेको छ।