धनगढी, पुष २१ । लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्नको आरोपमा १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको छ।