काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो। नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए।
दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको जनाइएको छ।