काठमाण्डौं, पुस २१ । भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडी पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षी उमेश तको लगायत छन्।