पुस २१ । नेपाल र जापान सरकारबीच भएको समझदारी अनुरूप गत वर्षदेखि सुरु भएको नेपाली कामदार लैजाने प्रक्रियालाई जापानले यो वर्ष थप तीव्रता दिने भएको छ।
सन् २०१९ मा नर्सिङ केअरगिभरका लागि १,००० आवेदकले परीक्षा दिन पाएका थिए।
अब वर्षभरि नै परीक्षा लिने कामलाई निरन्तरता दिइने जानकारी जापानले नेपाललाई गराएको अधिकारीहरूले बताएका छन्।
ूजापानले एकदुई महिनाको फरकमा नेपाली कामदार लैजान परीक्षा लिने जानकारी गराएको छ। त्यसरी परीक्षा लिने हो भने वर्षमा झन्डै ८,००० नेपालीले परीक्षामा भाग लिन पाउनेछन्,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले भने।
ज्यानुअरीमा १,००० जना र मार्चमा १,३०० जनाको परीक्षा लिन जापान फाउन्डेशनले तालिका सार्वजनिक गरिसकेको छ।