पुस २१ । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा अवार्ड’को दसौं संस्करण हुने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नेफ्टा अवार्ड २०७६ नेपालमै आयोजना गरिने औपचारिक जानकारी दिइएको हो।
‘भ्रमण वर्ष–२०२०’ को अवसरमा दसौं संस्करण नेपालमै आयोजना गर्न लागेको अध्यक्ष पुष्कर लामाले जानकारी दिए। अवार्ड २०७६ चैत १५ गते टुँडिखेलमा हुने छ।
दसौं नेफ्टा अवार्ड ‘ड्रिम हाई नेपाल’को सहकार्यमा आयोजना हुने छ । दुबई, हङकङ, मलेसिया लगायत देशपछि पुनः एकपटक नेफ्टा अवार्ड नेपालमै आयोजना हुन लागेको हो।
३२ विधामा अवार्ड प्रदान गरिनेछ ।नेफ्टा अवार्ड सन् २००६ देखि आयोजना हुँदै आएको छ।