वीरगञ्ज, पुष २१ । वीरगञ्जको ड्राईपोट–परवानीपुर सडक खण्डमा एक युवकको शव फेला परेको छ।
अन्दाजी २५ बर्षका युवकको पहिचान खुल्न सकेको छैन। टाउको र घाँटीमा चोेट लागेको अवस्थामा शव फेला परेको जिलला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए । युवकको सनाखत गर्न र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
धारिलो हतियारले काटेको चोट टाउको र घाँटीमा देखिएकोले युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।