इलाम, पुस २० । इलाममा आफ्नै दाइकाे कुटाइबाट भाइकाे मृत्यु भएकाे छ। सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटाइबाट मृत्यु भएको हाे। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। दाजुले काठकाे पिर्काले हिर्काएपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचार गरेपछि उनकै छाेेराले घरमा लगेर सुताएका थिए।
तर बिहान ओच्छ्यानमै मृत अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो। प्रहरीका अनुसार कुटपिट गर्ने रामबहादुर फरार छन् भने हर्कबहादुरकाे शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।