चितवन, पुस २२ । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। सौराहाबाट टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल, रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। – रासस