काठमाडौँ, पुस २३ । नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ। बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेको छ।
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै महँगो हो।