पुष २४ । इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट खेल गुमाउने भएका छन्।
केप टाउनमा भएको दोस्रो टेष्टको दौरान चोट बोकेपछि एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन्। उनको छातीको करङको हड्डीमा चोट लागेको बताईएको छ।
३७ वर्षीय बलर एन्डरसनले दोस्रो टेष्टको अन्तिम दिन मात्र २ ओभर बलिङ गरेका थिए। दोस्रो टेष्ट इंग्ल्यान्डले जित्दै सिरिज १-१ को बराबरी समेत गरेको थियो ।
अब दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो टेष्ट जनवरी १६ मा सुरु हुनेछ। त्यसको अर्को साता चौंथो टेष्ट हुनेछ।
एन्डरसन चोटको कारण टिमबाट बाहिरिएसँगै इंग्ल्यान्डलाई बलरको अभाव देखिएको छ। तर,दोस्रो टेष्टमा टिममा नरहेका जोफ्रा आर्चर फर्किने बताईएको छ।