मानिसको शरीरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ भन्ने कुरा त सबैलाई थाह भएकै कुरा हो। कागती पानीले पनि शरीरमा फरक खालको प्रतिक्रिया दिने गर्दछ। गर्मी महिनामा शरीर शितल गराउन कागती पानी पिउने गर्छौँ, तर कमैमात्र मानिसले बिहानको खाली पेटमा कागती पानी पिउने गर्दछन्।
खाली पेटमा कागती पानी पिउनुको फाइदा :
- बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ। यसले ‘मेटाबोलिजम’ पनि बढाउँछ।
- कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ। शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ।
- जोर्नी दुखाइको पीडा घटाउँछ।
- भिटामिन सी पइिने हुँदा बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ।
- रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन।
- बिहान मनतातो पानीमा कागती र मह हालेर पिउँदा शरीरमा पाचनक्रियामा मद्दत पुग्छ।
- कागतीमा भएको ‘एन्टीअक्सिडेन्ट’ गुणले छालामा निखार ल्याउँछ।