सल्यान, पुस २४ । सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन्, पाँचको अवस्था गम्भीर छ।
सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ। बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा नगरपालिका छिन्चुका प्रकाश शर्मा, सुर्खेत भेरीगंगा नपा ९ जरेकोका शान्तकुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर नगरपालिका १२ का होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का अनिष बिश्वकर्मा र जाजरकोट छेडागाड न।पा ९ का भगवती उपाध्यक्ष रहेका छन्।
अन्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड नगरपालिका १ का गोपाल वड, जाजरकोट सल्माका पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का वडा सदस्य भिमबहादुर बुढाथोकी , सल्यान शारदा नगरपालिका १ श्रीनगरका भुमबहादुर बुढाथोकी ,सल्यान शारदा नगरपालिका श्रीनगरका गौतम बुढाथोकी रहेका छन्।
यस्तै ज्वालादल गण बेश क्याम्प लमजुङकमा कार्यरत पुर्ण बहादुर सुनार, काठमाडौंका रजनी श्रेष्ठ , काठमाडौकै अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे नपा १ का सन्देश पुन , बनगाड कुपिण्डे नगरपालिका १ का गंगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का दलबहादुर रोका, रसुवाकी मालती आचार्य, रुकुम चौरजहारी नगरपालिका ४ का बिजय दर्लामी, रहेका छन्।
घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए।