सिस्नो नेपालको चिसो हावापानी भएको क्षेत्रमा पाइने जडिबुटी हो, जसलाई स्वास्थ्यको लागि अति उपयोगी मानिन्छ। तर, पछिल्लो समय सिस्नोको प्रयोग पनि धेरै कम हुँदै गइरहेको छ। त्यसैले सिस्नोको उपयोगिताबारे हामीले सामान्य जानकारी दिने प्रयास गरेका छौँ।
- शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ। शरीरमाआएका बिबिराहरु हटाउनमा समेत मदत गर्छ।
- सिस्नोमा पर्याप्त फलाम तत्त्व हुने भएकोले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ।
- कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत उपयोगी हुन्छ।
- पाचनमा सिस्नो लाभदायक हुन्छ। रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ।
- सस्नोको नियमित प्रयोगबाट मृगौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ।
- महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ।