काठमाण्डौं, पुष २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ। बिहिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे। यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे।एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए।
जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ। संकटाले ५ खेलमा ७ अंक जोडेको छ। एपीएफको ५ खेलमा ४ अंक रहेको छ।