वीरगञ्ज, पुस २५ । वीरगञ्ज कारागारमा कैद भुक्तान गरिरहेकी एक महिला कैदीबन्दीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको वीरगन्ज कारागार प्रशासनले जनाएको छ।
एचआईभी एड्सबाट संक्रमित रहेकी पौडैलको बिहीबार मृत्यु भएको वीरगञ्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए।
पोडेल लागुऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय तोकिएपछि कैद भु्क्तान गरिरहेकी थिइन् ।