मकवानपुर, पुस २५ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको कार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ। दुर्घटनामा परि २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमा रहेका छन्। घाइते हुनेमा २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लक्ष्मी साहिती रहेका मकवनपुर प्रहरीले जनाएको छ।
बा १ य १२८३ नम्बरको कार वीरगञ्जबाट काठमाडौँ जानेक्रममा बिहीबार राति दुर्घटना भएका थियो।